महिलाको गुप्तांगभित्र सिसाको गिलास !
काठमाडौं । ४५ वर्षकी एक महिलाको गुप्तांगबाट यस्तो चीज शल्यक्रिया गरेर निकालिएको छ जसलाई देखेर डाक्टरहरु पनि दंग परेका छन् । यी महिला चर्को दुखाइ भएपछि अस्पताल गएकी थिइन् । जाँचपछि थाहा भयो कि उनको मूत्राशयमा काँचको गिलास फसेको थियो । यसले विगत ४ वर्षदेखि ती महिलालाई दुःख दिइरहेको थियो ।
द सनको रिपोर्टका अनुसार ती महिलालाई प्रायः दुखाइको समस्या भइरहन्थ्यो । उनलाई गुप्तांगमा हल्का पीडा भइरहन्थ्यो र पटक पटक सामान्य भन्दा छिटो छिटो पिसाब गर्न गइरहनुपर्थ्यो । उनलाई यो समस्या युनिनरी ट्रेक्ट इन्फेक्सन (युटिआइ) भएको जस्तो लाग्यो । तर, जब गुप्तांगमा दुखाइ असहनीय भयो त्यसपछि उनी डाक्टरकहाँ गइन् ।
जाँचमा थाहा भयो कि महिलालाई कुनै संक्रमण छैन बरु उनको शरीरमा ८ सेन्टिमिटर फराकिलो ब्लाडर स्टोन छ । यो ब्लाडर स्टोन काँचको गिलास थियो जुन उनको गुप्तांगबाट ब्लाडरसम्म पुगेको थियो । आश्चर्यको कुरा यो हो कि त्यो सिसाको गिलास विगत ४ वर्षदेखि ती महिलाको गुप्तांगमा थियो ।

यी महिलाको ओपन सर्जरी गरेर यो गिलासलाई बाहिर निकालिएको छ र महिला अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । यो घटना २०२१ को अन्त्यको भए पनि अहिले सामाजिक संजालमा केही तस्वीर सार्वजनिक भएपछि मात्रै यो घटनाको चर्चा भएको हो ।
रिपोर्टका अनुसार यी महिलाले केही वर्ष पहिले सिसाको गिलासलाई सेक्स टोयको रुपमा प्रयोग गरेकी थिइन् । यही क्रममा त्यो गिलास उनको शरीरभित्र गएको मानिएको छ । तर, अपरेशन गर्ने एसफाक्स सहरको हबिब बुरगुइबा अस्पतालले यसबारेमा केही बताएन ।







डिसी नेपाल







Facebook Comment