पुटिनले परिवारलाई साइबेरिया पठाएर ‘न्यूक्लियर ड्रिल’को आदेश दिए, परमाणु युद्धको त्रास
काठमाडौं। रुस युक्रेन युद्ध परमाणु युद्धतिर बढ्न सक्छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई न्यूक्लियर वार ड्रिलको लागि अभ्यास गर्न आदेश दिएका छन् । उनले आफ्नो परिवारलाई सुरक्षाको लागि साइबेरिया पठाएका छन् ।
यो युद्ध परमाणु युद्धमा परिणत हुन सक्ने संकेत पछिल्लो समय देखिएका थिए । हालै रुसले युक्रेनमाथि किन्झोल हाइपरसोनिक मिसाइलबाट आक्रमण गरेको छ । यो मिसाइलले परमाणु र कन्भेन्सनल दुवै किसिमका हतियार लिएन जान सक्छ । २ हजार किलोमिटर टाढासम्म मार हान्ने क्षमता भएको यो मिसाइलले परमाणु बम खसाल्न पनि सक्छ ।
न्यूक्लियर वार ड्रिलको लागि अभ्यास गर्न आदेश पाउनासाथ क्रेमलिन (रुसी राष्ट्रपति कार्यालय) का अधिकारीहरु आत्तिएका छन् । उनीहरुले पुटिनको यो निर्णयको परिणाम भयानक हुन सक्ने मान्छन् । क्रुमलिनका अधिकारीका अनुसार परमाणु युद्धको तयारीमा हुने वार ड्रिलको निकासी अभ्यासमा पुटिन आफैं पनि सहभागी हुनेछन् ।
रुस युक्रेन युद्धको सुरुवातदेखि नै केही रिपोर्टहरुमा पुटिनले आफ्ना परिवारलाई सुरक्षाको लागि साइबेरिया पठाएको दावी गरिएको थियो । त्यहाँ उनीहरुलाई हाइटेक अण्डरग्राउण्डड बंकरमा राखिएको छ । रुसी राष्ट्रपति पुटिनले पहिले पनि आफ्नो न्यूक्लियर फोर्सेजलाई आक्रमणको लागि अलर्ट गरेका थिए । उनले युक्रेनलाई परमाणु आक्रमणको धम्की पनि दिएका थिए ।
पुटिनले न्यूक्लियर कमाण्डमा युनिटको विदा रद्द गरेका थिए र आक्रमणको तयारी गर्न आदेश दिएका थिए । लगत्तै सबै न्यूक्लियर मिसाइल फायरिङ मोडमा राखिएका छन् । स्टाफलाई स्ट्याण्डबाइ मोडमा राखिएको छ ।







डिसी नेपाल







Facebook Comment