नेस्ले कम्पनीमाथि खनिए युक्रेनी राष्ट्रपति जेलेन्स्की

डिसी नेपाल
६ चैत २०७८ १६:३९
6.0k
Shares

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्विट्जरल्याण्डमा भिडियो लिंकको माध्यमबाट एउटा वक्तव्य दिएका छन् । यो वक्तव्यमा उनले केही स्वीर कम्पनीहरुको आलोचना गरेका छन् । स्विट्जरल्याण्डको संसदको अगाडि एउटा र्यालीलाई भिडियो लिंकको माध्यमबाट सम्बोधन गर्दै जेलेन्स्कीले केही कम्पनीहरुले रुससँग व्यापारिक सम्बन्ध कायम राखेको कुराको आलोचना गरे ।

उनले खासगरी खाद्य पदार्थ उत्पादक कम्पनी नेस्लेको आलोचना गरेका छन् । जेलेन्स्कीको आलोचनापछि नेस्लेले जवाफ दिँदै रुसमा आफ्नो व्यापार धेरै हदसम्म कम गरेको बताएको छ । नेस्लेले रुसी जनताको लागि जरुरी खानपिनको सामानको आपूर्ति जारी राख्ने निर्णय गरिएको बताउँदै त्यहाँ रहेका आफ्ना कर्मचारीलाई सहयोग गर्न पनि जारी राख्ने बताएको छ ।

नेस्लेले रुसमा अहिलेको कामबाट कम्पनीलाई कुनै फाइदा नभएको बताउँदै रुसमा थप लगानी नगरिएको र त्यहाँ आफ्ना उत्पादन बेच्नको लागि प्रबद्र्धनको काम पनि नगरिएको बताएको छ । राष्ट्रपति जेलेन्स्कीले स्विस बैंकहरुसँग पनि रुसी धनाढ्यहरुको पैसा फ्रिज गरिदिन आग्रह गरे । उनले युक्रेनविरुद्ध युद्ध सुरु गर्नेहरुको पैसा यी बैंकमा भएको दावी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *