रुस–युक्रेन युद्धमा आफ्नो भूमिकाबारे चीनको आधिकारिक धारणा सार्वजनिक
काठमाडौं। अमेरिकाका लागि चिनियाँ राजदूतले रुस र युक्रेनको युद्धमा चीनले रुसलाई हतियार वा गोला बारुदको माध्यमबाट कुनै पनि सहयोग नगर्ने प्रस्ट पारेका छन् । उनले चीनले दुई देशबीच जारी संकटलाई अन्त्य गर्नको लागि हरसम्भव प्रयास गर्ने समेत बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार चिनियाँ राष्ट्रपति शी जिनपिङलाई चेतावनी दिँदै यदि चीनले रुसलाई युद्धमा सहयोग गरेमा र रुसलाई सैन्य सामग्रीहरु उपलब्ध गराएमा चीनले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । अमेरिकामा चीनका राजदूत किन ग्यांगको यो टिप्पणी जो बाइडेनको बयान पछि आएको हो ।
गत हप्ता केही रिपोर्टमा चीनले रुसलाई हतियार उपलब्ध गराउन संकोच नमान्ने दावी गरिएको थियो । चीनले यी मिडिया रिपोर्टको खण्डन गरेको छ । यद्यपि चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना भने गरेको छैन । अमेरिकाको मिडिया सीबीएस न्यूजसँग कुरा गर्दै ग्यांगले पश्चिमी देशहरुले गरेको सार्वजनिक निन्दाबाट कुनै सहयोग प्राप्त नहुने भन्दै यहाँ राम्रो कूटनीतिको आवश्यकता भएको बताए ।







डिसी नेपाल







Facebook Comment