इतिहासकै सबैभन्दा महंगो ट्राफिक जाम गराएको एक वर्षपछि एभरग्रिनको जहाज फेरि फस्यो
काठमाडौं। गत वर्ष मार्चमा एभरग्रिन मरिन कर्प लाइवान लिमिटेडको कन्टेनर शिप द एभर गिभन स्वेज क्यानलमा फसेको थियो । यसले संसारकै सबेभन्दा व्यस्त समुद्री मार्गलाई ६ दिनसम्म बन्द जाम गरिदिएको थियो । यसलाई इतिहासकै सबेभन्दा महंगो ट्राफिक जाम मानिन्छ किनकि स्वेज क्यानल एसिया र युरोपबीचको साँघुरो समुद्री मार्ग हो । अहिले यही कम्पनीको अर्को मालवाहक जहाज पनि गत वर्षजस्तै फसेको छ ।
WATCH: After famously blocking the Suez Canal last year, another container ship operated by Taiwanese company Evergreen Marine runs aground. This time, in the Chesapeake Bay off the U.S. coast https://t.co/cAw6Tk182y pic.twitter.com/3LtLreeVgg
— Reuters (@Reuters) March 20, 2022
एभरग्रिनकै जहाज एभर फरवार्ड अमेरिकाको बाल्टिमोरको तट नजिकै चेसापिक बेमा फसेको छ । अमेरिकी कोस्टगार्डका अनुसार यो जहाज आइतबार चेसापिक बेमा फसेको हो । हरेक ४ घण्टामा जहाजको जाँच भइरहेको छ ताकि क्रु र समुद्री जीवनको सुरक्षाको पुष्टि गर्न सकियोस् । राहतको कुरा यो फसेको जहाजले यस पटक भने कुनै ट्राफिक जाम गराएको छैन । कम्पनीका अनुसार इन्धन लिक भएको पनि जानकारी छैन ।







डिसी नेपाल







Facebook Comment