रुसी राष्ट्रपति पुटिनलाई आफ्नो हत्याको डर, १ हजार निजी स्टाफ हटाए

डिसी नेपाल
७ चैत २०७८ १४:२४
1.3k
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो निजी स्टाफका लगभग १ हजार सदस्य हटाएका छन् । पुटिनलाई यी व्यक्तिहरुले आफूलाई विष दिएर मारिदिन सक्ने डर भएकोले उनले यी स्टाफ हटाएको बताइएको छ । पुटिनले हटाएका स्टाफमा बडीगार्ड, कुकु, कपडा धुनेहरु र निजी सचिवहरु छन् । यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको हो । हटाइएका कर्मचारीको ठाउँमा जुन नयाँ कर्मचारी भर्ना गरिएको छ उनीहरुको बारेमा गम्भीर रुपमा जाँच गरिएको छ ।

पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेका छन् । युक्रेनमा आक्रमणका कारण रुस रउसका सहयोगीहरुमाथि विश्वका कैयौं देशहरुले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको साउथ क्यारोलिनाका सांसद लिंडसे ग्राहमले रुसी राष्ट्रपति पुटिनको हत्या गरिन सक्ने आशंका व्यक्त गरेका छन् । ग्राहमले यो महिनाको सुरुवातमै पुटिनको तुलना तानाशाह एडोल्फ हिटलरसँग गरेका थिए । उनले त्यतिबेला भनेका थिए ‘युद्ध अन्त्य गर्ने एकमात्र तरिका यो हो कि कसैले यो व्यक्तिको हत्या गरिदेओस् ।’

लिंडसे ग्राहमले डेली बिस्टसँग कुरा गर्दै पुटिनलाई विष दिने काम कुनै विदेशी सरकारले नगराउने बताएका थिए । उनले भनेका थिए ‘क्रेमलिन (रुसी राष्ट्रपति कार्यालय) भित्रबाट यसको प्रयास हुनेछ ।’ अहिले रुसी खुफिया विभाग सम्भवतः एकमात्र यस्तो संस्थान बाँकी छ जसले मानिसहरुलाई हत्याको लागि उनीहरुलाई विष दिन्छ । विष दिइएका घटनामा पहिले क्रेमलिनसँग जोडेर हेरिनथ्यो ।

क्रेमलिनका आलोचकहरुलाई नर्भ एजेन्ट नोभिचिक दिइन्थ्यो । राष्ट्रपति पुटिनका सबैभन्दा ठूला आलोचक एलेक्सेइ नभाल्नीलाई अगष्ट २०२० मा नोभिचिक दिइएको थियो तर समयमै उपचार पाएका कारण उनी जीवितै बचेका थिए । उनी अहिले रुसको एक जेलमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *