४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन
बेइजिङ। चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ। कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो।
लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो। तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ।
जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन्। पछिल्लो २४ घन्टामा चीनमा ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment