जोडीले १५ जना बच्चा जन्माएपछि ११ जना सरकारी अधिकारीहरुमाथि कारवाही

डिसी नेपाल
८ चैत २०७८ १३:१८
192
Shares

काठमाडौं। चीनको गुआंग्शी जुआंगमा एक स्थानीय परिवार नियोजन केन्द्रका ११ अधिकारी र कर्मचारीहरुलाई कारुवाही गरिएको छ । यहाँ जाँचमा यस्तो जोडीको खुलासा भएको छ जसका १५ जना बच्चा छन् । जाँचका क्रममा यहाँका ७६ वर्षका लियांग र उनकी पत्नी ४६ वर्षकी लु हंगलेनले १९९५ देखि २०१६ सम्म ४ छोरा र ११ छोरी जन्माएको खुलासा भएको छ ।

यो मामिलामा परिवार नियोजन केन्द्रका कूल ११ अधिकारी र कर्मचारीलाई दोषी ठहर गरेर कारवाही गरिएको छ । कारवाहीमा पर्नेहरुमा रोंग काउन्टीमा लिकुन सहरका प्रमुख र स्थानीय परिवार नियोजन केन्द्रका निर्देशक पनि छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार यदि यो जोडीले १५ बच्चा जन्माएको कुराको खुलासा चीनमा एक सन्तान नीति अन्त्य हुनुभन्दा पहिले भएको भए जोडीलाई पनि सजाय हुन सक्थ्यो तर अब भने जोडीलाई कारवाही हुने छैन ।

१९७९ मा चीनमा बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान नीति लागू गरिएको थियो । २०१५ मा यो नीतिलाई बदलेर २ सन्तान नीति लागू गरिएको थियो । सरकारले २०२१ को जुलाइ २१ देखि २ सन्तान नीति पनि हटायो र दम्पतीले आफूले चाहेजति सन्तान जन्माउन अनुमति दिइयो । यससँगै तोकिएको भन्दा धेरै सन्तान जन्माएको अवस्थामा हुने सजायको प्रावधान पनि खारेज भयो । जानकारीअनुसार यो जोडीका भेट १९९४ मा भएको थियो । त्यसपछि उनीहरुले अनौपचारिक बिहे गरे र आफ्नो बिहे सरकारी रेकर्डमा दर्ता भने गराएनन् । उनीहरुले २०१५ देखि २०१९ सम्म गरिबहरुलाई दिइने अनुदान पनि लिइरहे ।

लियांग यसअघि २०१६ मा पनि चर्चामा आएका थिए जतिबेला उनले आफूभन्दा ३० वर्ष कान्छी महिलासँग बिहे गरेको चर्चा चलेको थियो । लियांगकी पत्नी लूले धेरैजसो बच्चा घरमै जन्माएकी थिइन् । अहिले चीनमा सार्वजनिक सुरक्षा मन्त्रालयले मानव तस्करीविरुद्ध अभियान सुरु गरेको छ । यही अभियानका क्रममा यो दम्पतीबारे खुलासा भएको हो । पूर्वी जियांग्सुमा ८ जनालाई जंजीरले बाँधेको अवस्थामा फेला परिएपछि मानव तस्करीविरुद्ध अभियान सुरु गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *