रुसी सैनिकले ३ जना इजरायली नागरिकलाई अपहरण गरे

डिसी नेपाल
८ चैत २०७८ १४:२७
824
Shares

काठमाडौं। युक्रेनको सरकारले रुसी सुरक्षा बलमाथि मेलिटिपोल सहरमा तीन जना इजरायली नागरिकको अपहरण गरेको आरोप लगाएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार युक्रेनको दक्षिण पूर्वी क्षेत्रको मेलिटोपोल सहरमा रुसको नियन्त्रण स्थापित भएको छ ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना वेरेश्चुकले फेसबुकमा यसको जानकारी दिएकी छिन् । उनले लेखेकी छिन् ‘आज मेलिटिपोल सहरमा कब्जा गर्ने रुसी सैनिकहरुले ३ जना इरजरायली नागरिकलाई बन्धक बनाएका छन् ।’ यसअघि मेलिटिपोल सहरमै रुसी सुरक्षा बलले एक स्थानीय अखबारका पत्रकारलाई गिरफ्तार गरेको खबर आएको थियो ।

१८ मार्चमा रुसको रक्षा मन्त्रालयले एउटा भिडियो जारी गरेको थियो जसमा मेलिटिपोल सहरमा एक भग्नावशेषको थुप्रो देखाइएको थियो । रुसी रक्षा मन्त्रालयले यो भिडियो जारी गर्दै आफ्नो एयर डिफेन्स सिस्टमले युक्रेनको मिसाइललाई बाटोमै ध्वस्त पारिदिएको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *