अमेरिकी विदेश मन्त्रीको प्रतिक्रियाले चीन जंगियो

डिसी नेपाल
८ चैत २०७८ १४:४२
1.9k
Shares

काठमाडौं। चीनले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनको चीनको बारेमा ताजा बयानप्रति कडा आपत्ति जनाएको छ र अमेरिकीहरुले चीनको बारेमा झुट फैलाइरहेको आरोप लगाएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले भनेकी छिन् ‘जतिबेला चीनका जनता यात्री विमान दुर्घटनाका कारण आहत छन् यस्तो बेलामा अमेरिकी विदेश मन्त्री चीनमा ‘नरसंहार’को बारेमा झुट फैलाइरहेका छन् । यो कति संवेदनशीन छ ।’

अमेरिकी विदेश मन्त्रीले होलोकास्ट म्युजियमको आठौं वार्षिकोत्सवमा सोमबार भनेका थिए ‘होलोकास्टपछि अमेरिकाले ७ पटक यो निष्कर्ष निकालेको छ कि नरसंहार गरिएको छ ।’ यही क्रममा उनले बर्मामा रोहिंग्याविरुद्ध नरसंहारको उल्लेख गरे । त्यसपछि उनले चीनको कुरा पनि उल्लेख गरे । चीनको नाम लिँदै ब्लिंकनले भने ‘मानवअधिकारको हनन गर्नेहरुले यसको नतिजा भोग्नुपर्छ । अमेरिकाले चीनभित्र र बाहिर असन्तुष्टहरु र मानवअधिकारको रक्षा गर्नेहरुमाथि दमनको कोसिसको लागि चीनका कैयौं अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको छ ।’

ब्लिंकनको यो टिप्पणीबाट असन्तुष्ट चीनको विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छिन् ‘एकपटक हेर्नुस् कि अमेरिकाले के गरेको छ र उसले अब के के गर्दैछ । मूल अमेरिकीहरुविरुद्ध नरसंहार, नश्लीय भेदभाव र बन्दुकसँग सम्बन्धित हिंसा । यसका अलावा इराकीहरु र अफगानीहरुविरुद्ध क्रुरता ।’ हुआ चुनयिङले आफूलाई मानवअधिकारको रक्षक ठान्ने अमेरिकी अधिकारीहरु आफ्नो कल्पनाको संसारबाट ब्युँझिनुपर्ने बताइन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *