अमेरिकी राष्ट्रपतिले भने – ‘पुटिनले नेटोलाई झन् बलियो बनाइदिए’
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको आक्रमणविरुद्ध समर्थन दिने विषयमा भारतको भूमिका कमजोर रहेको बताएका छन् । समाचार एजेन्सी पीटिआइको रिपोर्टअनुसार राष्ट्रपति पुटिनले जोड दिएरै अमेरिकाका धेरैजसो मिक र सहयोगीहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामक शैलीका विषयमा एकजुटता देखाएको बताएका छन् ।
राष्ट्रपति बाइडेनले व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भने ‘२४ फेब्रुअरीमा रुसी सैनिकहरुले युक्रेनमाथि कारवाही सुरु गरेका थिए । यसको ठिक ३ दिन पहिले रुसले युक्रेनबाट अलग भएको दावी गर्ने इलाकाहरु दोनेतस्क र लुहान्स्कलाई स्वतन्त्र देशको रुपमा मान्यता दिएको थियो ।’
‘जुन एउटा कुरालाई लिएर मलाई पूरा विश्वास छ र म पुटिनलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ कि अरु नेताहरुले पनि एक एक गरेर यो थाहा पाउनेछन् कि उनी नेटो भत्किने प्रतिक्षा गरिरहेका छन् । उनले कहिल्यै सोचेका थिएनन् होला कि नेटो पूर्ण रुपमा एक रहनेछ । र, मैले तपाइँहरुलाई यो विश्वास दिलाउँछु कि नेटो इतिहासमा यति बलियो र एकीकृत पहिले कहिल्यै पनि रहेको थिएन जति आज छ र यो केवल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण भएको छ ।’
बाइडेनले यो सम्बोधनमा भारतको पनि उल्लेख गरे । उनले भने ‘तर, पुटिनको आक्रमणको जवाफमा हामीले प्यासिफिक क्षेत्रमा र नेटोको माध्यमले आफ्नो एकता प्रदर्शन गर्यौं । क्वाडमा भारतको सम्भावित अपवादलाई छोडेर उसको स्थिति केही कमजोर रहेको छ तर पुटिनको आक्रामक शैलीको अगाडि जापान निकै बलियो छ र अस्ट्रेलिया पनि ।’







डिसी नेपाल







Facebook Comment