एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडाैं। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन्।
बैठक भोलिसम्म जारी रहने छ। यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment