संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे सुनुवाइ हुँदै

डिसी नेपाल
९ चैत २०७८ ११:३१
40
Shares

काठमाडौं। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ। इजलासमा कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा छन्।

अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए। रिटमार्फत अध्यादेश खारेजीकाे माग गरिएकाे छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए। असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वाेच्च पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *