महामारीमा बेरोजगारी नियन्त्रणमा पाकिस्तान पहिलो, नेपाल दोस्रो, इमरान खानले गरे प्रशंशा
काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै आफ्नो सरकारले महामारीको व्यवस्थापनमा उत्कृष्ट काम गरेकोमा बधाइ तथा शुभकामना दिएका छन् । महामारीका क्रममा बेरोजगारीको दरबारे दक्षिण एसियाली इंडेक्सको एक ट्वीट शेयर गर्दै इमरान खानले आफ्नो देशले दक्षिण एसियाका सबै देशले भन्दा राम्रो काम गरेको बताएका छन् ।
यो ट्वीटमा बताइएअनुसार दक्षिण एसियाली देशहरुमध्ये पाकिस्तानमा बेरोजगारी सबैभन्दा कम छ । बेरोजगारी दर सबैभन्दा कम भएका दक्षिण एसियाली देशहरुमा पाकिस्तानपछि नेपाल दोस्रो स्थानमा छ । भारत भने अन्तिम स्थानमा छ । यसमा दक्षिण एसियामा २०२० देखि २०२२ सम्म बेरोजगार जनसंख्या दरको बारेमा बताइएको छ । यो समयमा कोरोना महामारीका कैयौं लहर आएका थिए ।
I want to congratulate my govt for the way we handled the Covid pandemic – better than all the countries in South Asia. https://t.co/r7RGc9xhvZ
— Imran Khan (@ImranKhanPTI) March 23, 2022
यो तथ्यांक विश्व बैंकबाट लिइएको हो । यसमा भारतमा सबैभन्दा धेरै ८ प्रतिशत बेरोजगारी दर भएको बताइएको छ । धेरै बेरोजगारी दर भएका देशहरुमा भारतपछि क्रमशः माल्दिभ्स, बंगलादेश, भुटान, श्रीलंका, नेपाल र पाकिस्तान छन् । नेपालमा बेरोजगारी दर ४.७ प्रतिशत र पाकिस्तानमा बेरोजगारी दर ४.३ प्रतिशत भएको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment