दोस्रो विश्वयुद्धमा हिटलरको नाजी क्याम्पबाट पनि बचेका थिए, रुसको आक्रमणमा मारिए

डिसी नेपाल
९ चैत २०७८ १६:३२
2.3k
Shares

काठमाडौं। युक्रेनको खारकिभमा रुसले गरेको आक्रमणमा शुक्रबार ९६ वर्षका बोरिस रोमनचेंकोको मृत्यु भएको छ । रोमचेंको दोस्रो विश्वयुद्धका बेला हिटलरको नाजी क्याम्प होलोकास्टमा यहुदीहरुको नरसंहारका बेला पनि जीवितै बचेर युक्रेन फर्किएका थिए । रोमचेंकोको मृत्युको पुष्टि बुचेनवाल्ड कन्सन्ट्रेसन क्याम्प मेमोरियल इन्स्टिच्युटले पनि गरेको छ ।

इन्स्टिच्युटले भनेको छ ‘रोमचेंको दोस्रो विश्वयुद्धको क्रममा बुचेनवाल्ड, पिनेमुन्डे, डोरा र बर्गेन बेल्सेन क्याम्पमा चेका थिए ।’ इन्स्टिच्युटले रोमचेंकोको मृत्युबाट सबै स्तब्ध भएको बताएको छ । रोमनचेंकोले नाजीहरुले गरेका अत्याचारबारे अरुलाई जानकारी दिन्थे । उनी बुचेनवाल्ड डोरा इन्टरनेशनल कमिटीका उपाध्यक्ष थिए ।

बोरिस रोमनचेंकोकी नातिनी युलिया रोमनचेंकोले सीएनएनसँग कुरा गर्दै आफूले साल्टिभकामा १८ मार्चमा फयरिङको खबर पाएको बताइन् । त्यसपछि उनले स्थानीय मानिसहरुसँग आफ्ना हजुरबुवाको घरको बारेमा सोधेकी थिइन् । स्थानीयले युलियालाई जलिरहेको घरको भिडियो पठाए । लुलियाका अनुसार साल्टिभकामा कर्फ्यु थियो त्यसैले उनी त्यहाँ छिटो जान सकिनन् । पछि युलिया त्यहाँ पुग्दा उनका हजुरबुवाको घर पूर्ण रुपमा क्षत विक्षत भएको थियो ।

दोस्रो विश्वयुद्धका क्रममा रोमनचेंको एउटा मात्र नभइ ४ वटा नाजी क्याम्पबाट समेत बचेका थिए । तर, शुक्रबार खारकिभमा भएको गोलीबारीमा उनको मृत्यु भयो । २०१२ मा रोमनचेंकोले बुचेनवाल्डसँग सम्बन्धित एक कार्यक्रममा भाग लिएका थिए । त्यहाँ उनले एक यस्तो नयाँ संसार बनाउने शपथ लिएका थिए जहाँ शान्ति र स्वतन्त्र शासन होस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *