लेटाङ घट्नाको छानविन गर्न डिएसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

डिसी नेपाल
९ चैत २०७८ १९:५९
92
Shares

काठमाडौं । मोरङको लेटाङमा एक महिला प्रहरी जवनाको ज्यान जाने गरी भएको घट्नाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालय विराटनगरले मोरङको पाँच सदस्यीय छानविन समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरेको हो । प्रदेश प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसीका अनुसार सो समितिलाई १० दिनको म्याद दिइएको छ । ‘जिल्ला प्रहरी कार्यालय मोरङले पनि अलग्गै अनुसन्धान गरिरहेको छ प्रदेश प्रहरी कार्यालयले पनि छानविन गर्नेछ’, डिआइजी विसीले भने ।

मोरङको लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय वासिन्दाले आक्रमण गरेका थिए । सोही आक्रमणको क्रममा आइतबार साँझ महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

त्यसपछि भड्किएको हिंसा नियन्त्रण लिन मोरङ प्रशासनले सोमबारदेखि लगाएको कर्फ्यु बुधबारदेखि केही खुकुलो गरेको छ । शिक्षक पौडेललाई कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लगाइएको छ । आक्रमणमा २५ प्रहरी र सातजना सर्वसाधारण घाइते भएका थिए ।

घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी श्रेष्ठको घाँटीमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो । उनलाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *