हलिउड गायिका माइली चढेको विमानको आकस्मिक अवतरण
काठमाडौं। हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ। माइती एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै थिइन्।
पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवतरण गराइएको थियो। माइलीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै यो कुराको जानकारी दिएकी छन्।
‘मेरा प्रशंसक र सबैका लागि जो मेरो उडानको चिन्तामा हुनुहुन्थ्यो। हामी चढेको विमान एक अप्रत्याशित तुफानमा फँस्यो र चट्याङको चपेटामा पर्यो । जसकारण विमानले आकस्मिक अवतरण गर्नु परेको थियो’, उनले लेखेकी छन्।
उनले आफूसँग यात्रामा रहेका टिम, व्याण्ड, साथी र परिवार सबै सुरक्षित रहेको जानकारी दिएकी छन्। उनले यो पोस्टसँगै उनले पराग्वे आउन असमर्थ रहेको उल्लेख गरेकी छन्।
पराग्वेको यो फेस्टिभल त्यहाँको सबैभन्दा ठूलो रक फेस्टिभलमध्ये एक हो। माइली फेस्टिभलमा आउने कुराले सबै उत्साहित थिए । तर मौसम खराबीका कारण उनी उपस्थित हुने अवस्था नभएपछि फेस्टिभल नै रद्ध गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment