रुसले थुप्रै अमेरिकी कूटनीतिज्ञलाई देशबाट निकालिदिने
काठमाडौं। अमेरिकाले १२ जना रुसी कूटनीतिज्ञलाई हटाउने निर्णय गरेपछि यसको जवाफमा रुसले थुप्रै अमेरिकी कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशित गरिदिने बताएको छ । गत महिना अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मिशनबाट रुसी कूटनीतिज्ञहरुलाई राष्ट्रिय सुरक्षा चिन्ताको हवाला दिँदै जिष्काशित गरिदिएको थियो ।
त्यसको केही समयपछि अमेरिकाले संयुक्त राष्ट्रसंघमा अर्का एक रुसी कूटनीतिज्ञलाई जासुस भएको दावी गर्दै देशबाट निकालिदिएको थियो । सोमबार रुसले मस्कोमा अमेरिकी राजदूत जोन सुलिभानलाई बोलाएर राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेकोमा रुसी विदेश मन्त्रालयले विरोध जनाएको थियो ।
अमेरिकाको विदेश विभागका एक प्रवक्ताले पुष्टि गर्दै २३ मार्चमा रुसी विदेश मन्त्रालयले जारी गरेको ‘पर्सोना नन ग्रेटा’ घोषित गरिएका कूटनीतिज्ञको सूची प्राप्त भएको बताउको छ । ‘पर्सोना नन ग्रेटा’ यस्तो शब्द हो जसको अर्थ हुन्छ – त्यो व्यक्ति जसलाई रुसमा स्वागत छैन र उनलाई रुसमा स्वीकार पनि गरिने छैन । यो आदेशबाट कति अमेरिकी कूटनीतिज्ञ प्रभावित हुनेछन् र उनीहरुलाई रुसबाट कहिले निष्काशित गरिनेछ भन्ने स्पष्ट छैन ।







डिसी नेपाल







Facebook Comment