निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक : प्रधानमन्त्री

डिसी नेपाल
१० चैत २०७८ १४:११
16
Shares

स्याङ्जा। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबैको साथ र सहयोगमा आसन्न्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताएका छन्।

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरेका प्रधानमन्त्री देउवाले यसका लागि सरकारले पूर्ण रुपमा तयारी गरिरहेको बताए। निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशनसमेतत दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *