बोहोराटारमा कांग्रेस सभापतिहरूको भेला : गठबन्धन गर्ने कि नगर्ने निष्कर्ष निकाल्ने
काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोलाएका छन्।
बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् । त्यसका लागि जिल्ला सभापतिहरू पौडेल निवास बोहोराटार पुगिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment