पश्चिमी देशहरुसँग आक्रोश पोख्दै युक्रेनी राष्ट्रपतिले भने ‘मारियुपोललाई बचाउन असम्भव छ’
काठमाडौं। रुसको आक्रमणसँग जुधिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘अतिरिक्त ट्यांक र विमानहरुबिना मारियुलोललाईै बचाउन असम्भव’ भएको बताएका छन् । उनले युक्रेनले शटगन र मेसिनगनले रुसी मिसाइल र विमानलाई खसाल्न नसक्ने बताउँदै लामो समयदेखि आवश्यक हतियारको प्रतिक्षा गरिरहेको बताए । गएराती एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले पश्चिमी देशहरुसँग लडाकु विमान, ट्यांक र मिसाइल डिफेन्स सिस्टम दिन अपिल गरेका छन् ।
भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सुरक्षाका लागि जो हतियार बनाइएका छन् ती हतियारहरु गोदाममा थन्किएर धुलो खाइरहेको भन्दै पश्चिमी देशहरुसँग आक्रोश पोखेका छन् । उनले मेसिन गनले त आफूहरुले रुसी विमान खसाउन नसक्ने भन्दै आक्रोश पोखेका हुन् । उनले भने ‘हाम्रा सहयोगीहरुसँग हतियार छन् र ती हतियार गोदाममा थन्किएर धुलो खाइरहेका छन् । यो केवल युक्रेनको स्वतन्त्रताको कुरा होइन । यो पूरै युरोपको स्वतन्त्रताको कुरा हो ।’
उनले भने ‘युक्रेनलाई नेटोको केवल एक प्रतिशत लडाकू विमान र एक प्रतिशत ट्यांक चाहिन्छ । योभन्दा धेरै हामीले मागेका छैनौं ।’ उनले नेटो सदस्यहरुसँग ‘रुसको धम्कीले डराएको हो ?’ भनेर प्रश्न गरेका छन् । जेलेन्स्कीले प्रश्न गरेका छन् ‘युरो एटलान्टिक क्षेत्रमा बस्नेहरुका लागि जिम्मेवार को हो ? के यो जिम्मेवारी रुसको हुनुपर्छ, त्यो पनि यसकारण कि उसले तर्साइरहेको छ ?’







डिसी नेपाल







Facebook Comment