रुस युक्रेन युद्ध चलिरहँदा अजरबैजानले पनि युद्धबिराम तोड्यो, रुसी सुरक्षा बलमाथि आक्रमण
काठमाडौं। रुसले अजरबैजानमाथि नागार्नो काराबाखमा रुसी शान्तिबलको नियन्त्रणमा रहेका क्षेत्रमा दखल दिएको आरोप लगाएको छ । २०२० मा आर्मेनिया र अजरबैजानबीच भएको युद्धपछि रुसले यी दुई देशबीच शान्ति वार्ता गराएको थियो र आफ्ना शान्ति बल तैनाथ गरेको थियो । रुसले सम्झौताको उल्लंघनको आरोप लगाएको यो पहिलो पटक हो । रुसको रक्षा मन्त्रालयले अजरबैजानमाथि टर्कीमा निर्मित ड्रोनको माध्यमबाट काराबाखमा सुरक्षा बलमाथि आक्रमण गरेको पनि आरोप लगाएको छ ।
रुसले यस क्षेत्रमा बढिरहेको तनावलाई लिएर चिन्ता पनि व्यक्त गरेको छ । अर्कोतर्फ अजरबैजानको रक्षा मन्त्रालयले भने रुसको तर्फबाट जारी एकतर्फी बयानप्रति खेल व्यक्त गर्दै यसमा पूरा सत्य नबताइएको बताएको छ । अजरबैजानले आफ्नो तर्फबाट युद्धबिरामको कुनै पनि शर्तको उल्लंघन नभएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार रुस र अजरबैजानका रक्षा मन्त्रीले यो क्षेत्रको स्थितिबारे चर्चा गरेका छन् र अजरबैजानले आफ्ना सैन्य बलको जमिनी स्थितिबारे जानकारी दिएको बताएको छ । अजरबैजानले अर्मेनियामाथि काराबाखबाट सेना हटाउन असफल भएपछि उक्साउने कारवाही गरेको आरोप लगाएको छ ।
अजरबैजानले रुससँग आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा रहेका बाँकी अर्मेनियाली बललाई हटाउन माग गरेको छ । यो क्षेत्रमा अर्मेनिया र अजरबैजानका सेनाको भिडन्त भइरहन्छ । तर शनिबारको घटनाक्रमपछि रुसले कुनै देशमाथि २०२० को शान्ति सम्झौता उल्लंघन गरेको आरोप लगाएको पहिलो पटक हो ।







डिसी नेपाल







Facebook Comment