रुस-युक्रेन शान्तिवार्तामा रुसी अर्बपति अब्रामोभिचलाई सन्दिग्ध विषको असर

डिसी नेपाल
१५ चैत २०७८ ७:५९
2.3k
Shares

बीबीसी। रुसी अर्बपति रोमन अब्रामोभिच यसै महिनाको सुरुमा युक्रेन-बेलारुस सीमामा भएका शान्तिवार्तामा सन्दिग्ध विषको असरयुक्त लक्षणसाथ देखिएको उनीनिकट स्रोतहरूले जनाएका छन्।

चेल्सी फुटबल क्लबका मालिक अब्रामोभिच अहिले निको भइसकेका छन् तर उनको आँखा र छालामा समस्या देखिएको थियो। दुईजना युक्रेनी शान्ति वार्ताकार समेत प्रभावित भएको बताइएको छ।

एक समाचारले उक्त सन्दिग्ध विष प्रयोग वार्ता भाँड्नका लागि रुसमा रहेका कट्टरपन्थीले मञ्चन गरेको जनाएको छ। ती आरोपहरू देखा पर्न थालेपछि एकजना नाम नखुलाइएका अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थासँग बोलेका थिए।

अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभइ ‘वातावरणीय’ पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको बताएका छन्। र त्यसपछि युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले अब्रामोभिचसँग कुरा नगरेको भए पनि युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरू ‘ठिक’ भएको र उक्त खबर ‘झुटो’ रहेको बताएका छन्।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर भन्छन्, “अब्रामोभिच निकट स्रोतले भने उक्त घटना भएको र अनुसन्धानकर्ताले त्यो नियतवश रासायनिक तत्त्वका प्रयोग भएको निष्कर्ष निकालेका छन्।” यस घटनाले युक्रेन र रुसबीचको वार्तामा अब्रामोभिचको मध्यस्थकर्ताको भूमिका उजागर गरेको छ। तर उनको भूमिका कस्तो छ भन्ने अझै प्रस्ट छैन।

अब्रामोभिच यसै महिनाको सुरुमा कयौँ पटक भएका वार्ताका लागि यात्रा गरेका थिए र उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेत भेटेको बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *