रुससँग शान्तिवार्ता गर्न युक्रेनको प्रतिनिधिमण्डल टर्की पुग्यो

डिसी नेपाल
१५ चैत २०७८ १०:२८
96
Shares

काठमाडौं। रुससँग शान्तिवार्ताको लागि युक्रेनको एक प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको छ । प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोभका साथै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाकले गरिरहेका छन् ।

यो प्रतिनिधिमण्डलले आफ्नो सबैभन्दा ठूलो प्राथमिकता युद्धबिराम हुने बताएको छ । यद्यपि शान्ति वार्तामा यस किसिमको कुनै प्रस्तावमाथि सहमति बन्ने सम्भावनामाथि भने सन्देश छ । यो वार्ता टर्कीका राष्ट्रपति रेचेत तैयप एर्दोआनको तर्फबाट आयोजित गरिँदैछ जो स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे सुरु हुनेछ ।

रुसले युक्रेनसँग नेटोमा सहभागी हुने उद्देश्य त्याग्नुपर्ने माग गरेको छ । अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यो विषयमा आफू सहमति गर्न तयार रहेको बताएका छन् । यसका अलावा यो शान्तिवार्तामा युक्रेनका पृथकतावादी नियन्त्रित क्षेत्रहरुको विषयमा पनि वार्ता सम्भव छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *