युक्रेनको शर्त सुनेपछि जंगिए पुटिन, भने ‘हामी उनीहरुलाई बर्बाद पारिदिन्छौं’

डिसी नेपाल
१५ चैत २०७८ १२:२७
2.0k
Shares

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको १ महिनाभन्दा धेरै भइसकेको छ । यस बीचमा कैयौं पटक वार्ताबाट समस्या समाधानका प्रयासहरु भएका छन् । केही देशहरुले मध्यस्थता पनि गरिरहेका छन् तर ग्राउण्ड लेभलमा स्थिति बदलिएको छैन । यही कारण दुवै देशहरु झुक्नका लागि तयार छैनन् । हतियारको साथसाथै वाक युद्ध पनि चरम अवस्थामा छ ।

यसैबीच बेलायती अखबार टाइम्सले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई खुला धम्की दिएको दावी गरेको छ । खासमा जब रुसमा अधिकारीहरुले युद्ध अन्त्य गर्नको लागि जेलेन्स्कीले राखेका शर्तहरु पुटिनलाई बताए त्यसपछि रुसी राष्ट्रपति पुटिनले कडा प्रतिक्रिया दिए । उनले केवल यत्ति भने ‘हामी उनीहरुलाई बर्बाद गरिदिन्छौं ।’

रुसी राष्ट्रपतिको यो बयान त्यतिबेला आएको छ जतिबेला युक्रेनी राष्ट्रपति रुसका मागका विषयमा नरम देखिएका छन् । उनले लगातार आफू सबै विषयमा छलफलका लागि तयार भएको बताइरहेका छन् । अहिले जमिनी स्थिति निकै तनावपूर्ण छ । रुसको आक्रमण निकै तीब्र भएको छ र मारियुपोलसँग रुसको सम्पर्क पूर्ण रुपमा विच्छेद भएको छ ।

केही दिन पहिले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारियुपोलमा युक्रेनले पुनः नियन्त्रण पाउन सम्भव नभएको स्वीकार गरिसकेका छन् । यस्तोमा रुसको कारवाहीले युक्रेनलाई पनि धेरै कमजोर बनाइसकेको छ । यद्यपि यो भीषण युद्धका युक्रेनको सबैभन्दा ठूलो किल्ला किभ भने अझै युक्रेनकै नियन्त्रणमा छ । रुसी सेनाले किभलाई चारैतिरबाट घेरेको छ तर कब्जा गर्न सकेको छैन ।

किभमा नियन्त्रण कायम नभएका कारण पनि रुसले आक्रमणलाई तीब्र बनाएको छ । आफ्नो लक्ष्य हासिल गर्नको लागि सैन्य कारवाही बढाइएको छ । अहिले रुस धेरै आक्रामक देखिएको छ तर युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि युद्धको मैदान छोड्न तयार छैनन् । उनले वार्ताको प्रस्ताव राख्दै गर्दा आफ्नो उक इन्च जमिन पनि नदिने बताइरहेका छन् जसका कारण रुसी राष्ट्रपति पुटिन आक्रोशित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *