अमेरिकी अदालतद्वारा ट्रम्पविरुद्ध फैसला, न्यायाधीशले भने ‘ट्रम्पले गुण्डागर्दी गरे’
काठमाडौं। अमेरिकी संसद भवन क्यापिटल हिलमा ६ जनवरी २०२१ मा भएको हिंसाको मामिलामा अमेरिकाको अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फैसला सुनाएको छ । जिल्ला न्यायाधीश डेभिड कार्टरले क्यापिटल हिल आक्रमण मामिलाको जाँच गरिरहेको कंग्रेसको कमिटीको तर्फबाट जारी गरिएको समनसँग सम्बन्धित फैसलामा ट्रम्पमाथि गम्भीर आरोप लगाएका छन् ।
अदालतले भनेको छ कि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको काम कारवाहीमा अवरोध पार्ने र आफ्नो चुनाबी हारलाई उल्ट्याउनको लागि आफ्ना उपराष्ट्रपति माइक पेन्सलाई दबाब दिए । यसो गरेर उनले गुण्डागर्दी गरे । ट्रम्पलाई सम्भवतः थाहा थियो कि चुनाबमा धाँधली भएको भन्ने उनको आरोप निराधार थियो त्यसैले उनको षड्यन्त्र गैरकानुनी थियो ।
न्यायाधीशले ट्रम्प २०२० को राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउने प्रयासमा संलग्न रहेको बताएका छन् । यद्यपि उनी आपराधिक काममा संलग्न रहेको धेरै सम्भावना छैन ।कार्टरले ४४ पानाको फैसलामा भनेका छन् ‘प्रमाणको आधारमा अदालतले यो कुराको सम्भावना धेरै पाएको छ कि राष्ट्रपति ट्रम्पले कंग्रेसको संयुक्तसत्रलाई अवरुद्ध गर्ने प्रयास गरे ।’
न्यायाधशि कार्टरले फैसलामा भनेका छन् ‘ट्रम्पले पटक पटक पेन्ससँग चुनाब लडेका राज्यबाट इलेक्टोरल कलेजका भोटहरुलाई बाहिर गर्न भनेका थिए । तत्कालीन उपराष्ट्रपति पेन्सले दबाबको विरोध गरे र क्यापिटल हिलमा ट्रम्प समर्थकलाई उक्साउनुका बावजुद कंग्रेसले बाइडेनलाई विजेता घोषित गर्यो ।’
अब अगाडि के हुन्छ ?
अब जाँच प्यानलले अमेरिकी न्याय विभागसँग ट्रम्पमाथि आरोप लगाउन भन्न सक्छ । कार्टर र प्यानल दुवैसँग ट्रम्पविरुद्ध आपराधिक आरोप लगाउने शक्ति छैन । न्यायाधीशको यो फैसलाले महान्यायाधीवक्ता मेरिक गारल्याण्डमाथि क्यापिटल हिल हिंसा मामिलामा ट्रम्पविरुद्ध आपराधिक आरोप लगाउने दबाब बढ्न सक्छ । संघीय कानुन उल्लंघनको लागि अमेरिकी महान्यायाधीवक्ता मेरिक गारल्याण्डले यस विषयमा फैसला गर्नेछन् ।







डिसी नेपाल







Facebook Comment