रुसी सेनाको ६४ किलोमिटर लामो लश्कर कहाँ गयो ? मात्रै ३० जना युक्रेनी सैनिकले ध्वस्त पारे

डिसी नेपाल
१५ चैत २०७८ १४:२२
76.8k
Shares

काठमाडौं। रुसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि रुसी सेनाका ट्यांकहरु र बख्तरबन्द गाडीहरुको करिब ६४ किलोमिटर लामो लश्कर किभतर्फ बढ्दै गरेको स्याटेलाइट तस्वीरमा देखिएको थियो । रुसले यो लश्करले युक्रेनको राजधानी किभलाई घेरा हाल्ने योजना बनाएको अनुमान गरिएको थियो । तर, अहिलेसम्म यो लश्कर किभ पुगेको छेन । आखिर यो लश्कर कहाँ हरायो ?

युक्रेनी सेनाको एक विशेष युनिटले किभतर्फ बढिरहेको रुसी सेनाको ६४ किलोमिटर लामो लश्करलाई ध्वस्त पारिदिएको बताएको छ । द गार्डियनमा प्रकाशित एक रिपोर्टका अनुसार युक्रेनी सेनाको यो विशेष युनिटका केवल ३० जना सैनिकहरुले ड्रोनको सहयोगमा रुसी सेनाको यो लामो लश्कर ध्वस्त पारिदिएका हुन् । उनीहरुले यो लश्करमाथि एकपछि अर्को गर्दै कैयौं आक्रमण गरेका थिए ।

आक्रमणको एक हप्तापछि रुसले बख्तरबन्द वाहन र ट्यांकको ६४ किलोमिटर लामो लश्करबाट राजधानी किभको घेराबन्दी गर्ने तयारी गरेको थियो । तर, यो लश्कर अगाडि बढ्न सकेन । यस्तो किन भयो ? यसको खुलासा युक्रेनको एयरफोर्ससँग जोडिएको युनिट एयरो रोज्भिड्काका कमाण्डर लेफ्टिनेन्ट कर्नेल यारोस्लाभ हंकरले अहिले गरेका छन् ।

हंकरका अनुसार यसको पछाडि ३० जना आइटी विशेषज्ञ र बाइकर फोर्सको ठूलो भूमिका रह्यो जसले यो लश्करलाई तितर बितर मात्रै पारेनन्, खाद्यान्न र हतियारको अभावमा पंगुजस्तै बनाइदिए । हंकरका अनुसार रुसी सेना इभान्किभ सहरनजिकै बसेको थियो । ड्रोनले सुसज्जित क्वाड बाइक सवार युक्रेनी सैनिकले यी रुसी सैनिकमाथि जंगलको बाटोबाट गोरिल्ला युद्धजस्तै गरी रातमा आक्रमण गरे ।

यी युक्रेनी सैनिकहरुसँग नाइटभिजन चश्मा, स्नाइपर राइफल, थर्मल इमेजिङ क्यामेरा जडित ड्रोन सकेत थिए । यो सानो युनिटले पहिलो रात लश्करका ३ वाहन ध्वस्त पार्यो । युनिटले ३–४ दिनसम्ममा ठूलो संख्यामा वाहन क्षतिग्रस्त पारिदिए । यो सबै केवल ३० जना सैनिकले गरेका थिए ।

यो युनिटका प्रथम प्रमुख भोलोदिमिर कोचेट्कोभ सुकच थिए जो इन्भेस्टमेन्ट बैंकर थिए । उनी २०१५ मा डोनाबासमा मारिएका थिए । अहिलेका प्रमुख हंकर पहिले सैनिक थिए । पछि उनी आइटी मार्केटिङ कन्सल्टेन्ट बने । रुसको पहिलो आक्रमणपछि उनी सेनामा फर्किएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *