रुस–युक्रेन वार्ता गराउने चेल्सी क्लवका मालिकलाई विष दिइएको रिपोर्टबारे रुसले के भन्यो ?
काठमाडौं। रुसको सरकारले रुसी अर्बपति रोमन अब्राहिमोभिचलाई विष दिइएको सम्बन्धी समाचारलाई ‘इन्फर्मेसन वार’को हिस्सा भनेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी सरकारले यो महिनाको सुरुवातमा शान्ति वार्ताको क्रममा रुसी अर्बपति रोमन अब्राहिमोभिचलाई कथित रुपमा विष दिइएको भन्ने खबरको सत्यसँग कुनै सम्बन्ध नरहेको बताएको छ । रुसले यसलाई इन्फर्मेसन वारको हिस्सा भनेको छ ।
रुसले अब्राहिमोभिच टर्कीमा रुसी दलका आधिकारिक सदस्य नभएको पनि स्पष्ट पारेको छ । यद्यपि युक्रेन मुद्दामा वार्ताका क्रममा वार्तास्थलमा उनको उपस्थिति भएको पुष्टि गर्ने तस्वीर सार्वजनिक भएका छन् । यसअघि बेलारुसमा रुस युक्रेन वार्तामा भाग लिएपछि फर्किएका अब्राहिमोभित्रमा संदिग्ध विषको असरको लक्षण देखिएको खबर आएको थियो । यो जानकारी उनको एक निकट सूत्रले दिएको थियो ।
रिपोर्टमा उनलाई कथित रुपमा आँखा दुख्ने र त्वचाको पत्र गएको जस्ता लक्षण देखिएको बताइएको थियो । युक्रेनका अन्य २ शान्ति वार्ताकारहरुमा पनि यस्तै लक्षण देखिएको खबर सार्वजनिक भएको थियो । एक रिपोर्टमा यो शान्ति वार्ता होस् भन्ने नचाहने रुसी कट्टरपन्थीहरुले विष दिने कोसिस गरेको बताइएको छ । यी आरोप सार्वजनिक भएको केही समयपछि रोयटर्सले एक अमेरिकी अधिकारीको हवाला दिँदै खुफिया एजेन्सीका अनुसार यो लक्षण विषको नभइ पर्यावरणीय कारणले देखिएको बताएको थियो ।







डिसी नेपाल







Facebook Comment