पाकिस्तानी प्रधानमन्त्रीले केहीबेरमा राजीनामा दिन सक्ने

डिसी नेपाल
१६ चैत २०७८ १७:०२
368
Shares

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही बेरमा देशलाई सम्बोधन गर्दैछन् । यसभन्दा पहिले इमरान खानले यो सम्बोधनमा आफ्नो राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । यद्यपि इमरान मन्त्रीमण्डलका मन्त्री फवाद चौधरीले इमरान अन्तिम बलसम्म खेल्ने खेलाडी भएकोले उनले राजीनामा नदिने दावी गरेका छन् ।

अर्कोतर्फ मुताहिदा कौमी मुभमेन्ट (एमक्युएम) पार्टीले सरकारको साथ छोडेको छ । पार्टीका २ मन्त्रीहरुले राजीनामा दिएका छन् । यही बीचमा इमरान खानले आफ्नो गोग्य पत्रलाई पार्टी र मिडियासँग साझा गर्ने बताएका छन् । यसको लागि १४ जना पत्रकार बोलाइएको छ ।

एमक्युएमले साथ छोडेपछि अब इमरान खानको साथमा केवल १६४ सांसद छन् । विपक्षसँग १७७ सांसदको समर्थन पुगेको छ । नेशनल असेम्बलीमा बहुमतका लागि १७२ सांसदको समर्थन चाहिन्छ । इमरान खानले आफ्ना सांसदलाई अविश्वासको प्रस्तावमा मतदान नगर्न निर्देशन दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *