सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा

डिसी नेपाल
१६ चैत २०७८ १९:०९
28
Shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।

पछिल्लो समय सरकारमा सहभागीता बारे लोसपाले प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ । तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो ।

आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.