राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन, चैत २७ गते लिङ्देन हेटौंडा जाँदै

डिसी नेपाल
१७ चैत २०७८ ९:३०
60
Shares

हेटौंडा। राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन्। हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको छ।

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता बिशभ अधिकारीले बताए। साथै बैठकले चैत्र २७ गते हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन्। नवनिर्वाचित अध्यक्ष शिवराम थापाले स्थानीय चुनावमा राप्रपालाई जसरी भएपनि सफल बनाएरै छाड्ने दाबी गरे ।

बैठकमा पुर्व केन्द्रीय सदस्य रामहरि न्यौपाने, बागमती प्रदेशका सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य धुर्व सन्जेल, सुन्दर शाही, सचिव सागर थापा लगायतले राप्रपालाई देशको मुलधारको शक्ति बनाउन संगठनको संरचनालाई गतिशील बनाउन सबै तहको क्रियाशीलतामा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.