कुनै दुविधा छैन, गठबन्धनबाटै चुनावमा जान्छाैं : प्रचण्ड

डिसी नेपाल
१७ चैत २०७८ १०:३५
68
Shares

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन्।

बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं। निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा हामी प्रष्ट छौं।’

उनले अगाडि भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिबकरिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं। आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रुपमा होस्। परिणमले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवद्र्धन गर्न मद्दत गरोस् भन्ने छ।’

उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.