फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
१७ चैत २०७८ १४:२६
220
Shares

पेरिस। फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ।

उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू क्यालेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरभन्दा कम छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो।

तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो। भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ। ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ।

भूकम्पसम्बन्धी थप विवरण संकलन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *