अमेरिकाले युक्रेनलाई सुरक्षा दिन मानेन
काठमाडौं। रुस र युक्रेनबीचको युद्ध ३६ औं दिन पनि जारी छ । यसैबीच बेलायतले रुसले युक्रेनलाई सहयोग गर्ने देशमाथि साइबर आक्रमणको तयारी गरिरहेको दाबी गरेको छ । अर्कोतर्फ, ह्वाइट हाउसले अमेरिकाले युक्रेनलाई कुनै पनि सुरक्षा ग्यारेन्टी नदिने बताएको छ किनभने जो बाइडेन रुससँग प्रत्यक्ष सैन्य मुठभेड चाहँदैनन्।
यसअघि अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनका सल्लाहकारहरूले युक्रेनमा रुसी सेनाको कमजोर प्रदर्शनबारे गलत जानकारी दिएको दाबी गरेका थिए। एक अधिकारीले भनेका छन् कि यसले पुटिन र वरिष्ठ रूसी सैन्य अधिकारीहरू बीच तनाव निम्त्याएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुरा गरेका छन् । एपीको रिपोर्टका अनुसार बाइडेनले युक्रेनलाई सहयोग गर्न थप ५० करोड डलर सहयोग गर्ने वाचा गरेका छन्। ह्वाइट हाउसको कार्यालयका अनुसार बाइडेनले रुस–युक्रेन संकटको अवस्थामा युक्रेनलाई अमेरिकी सहयोगका बारेमा छलफल गरेका थिए ।
जुलाइमा रुसमा हुने ४४औँ चेस ओलम्पियाड अब भारतमा हुने भएको छ । युक्रेनमा रुसको आक्रमणका कारण अन्तर्राष्ट्रिय चेस महासंघले रुसबाट आयोजकको अअधिकार खोसेर भारतलाई दिएको हो । जसको औपचारिक घोषणा शुक्रबार नयाँ दिल्लीमा हुनेछ । यस अवसरमा अन्तर्राष्ट्रिय चेस महासंघका पदाधिकारी र विश्वनाथ आनन्दको उपस्थिति रहनेछ।







डिसी नेपाल







Facebook Comment