बेलायती खुफिया एजेन्सीका प्रमुखले चीनलाई किन चेतावनी दिए ?
काठमाडौं । बेलायतको गुप्तचर एजेन्सी जीसीएचक्युका प्रमुख सर जेरेमी फ्लेमिङले युक्रेनमा रुसको साथमा उभिएने विषयमा चीनलाई चेतावनी दिएका छन् । अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा बोल्दै फ्लेमिङले अन्तर्राष्ट्रिय नियमलाई बेवास्ता गर्ने देशसँग उभिनुले चीनको दीर्घकालीन हितलाई फाइदा नहुने बताए।
यससँगै उनले एकातिर रुसले चीनलाई आफ्नो तेल र ग्यासको बजारको रुपमा हेर्दा प्रतिबन्धको असरबाट बच्न सक्ने बताए । रुसले युक्रेनमा गरेको आक्रमणको चीनले अहिलेसम्म निन्दा गरेको छैन । फ्लेमिङले ताइवान फिर्ता लिने अभियानलाई ध्यानमा राख्दै सी जिनपिङले आफ्नो भावी योजनालाई हानि पु¥याउने कुनै पनि काम गर्न नचाहेको बताएका छन् ।
फ्लेमिङले भने कि सी जिनपिङले अमेरिकाको विरोध गर्नु वास्तवमा उनको लागि फाइदाजनक छ जस्तो लाग्न सक्छ किनभने चीनले यस अवसरको फाइदा उठाउँदै रूसबाट सस्तो दरमा हाइड्रोकार्बन खरिद गरिरहेको छ। उनले भने, ‘रसियाले बुझेको छ कि लामो समयसम्म चीन आर्थिक र सैन्य रूपमा बलियो हुनेछ। उनीहरुबीच स्वार्थको द्वन्द्व छ र रुस समीकरण बाहिर हुन सक्छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment