कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले गर्‍यो तीन निर्णय

डिसी नेपाल
१७ चैत २०७८ १९:३०
160
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्व गठन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्णय गरेको छ ।

त्यस्तै आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सदस्यहरु— डा. प्रकाशशरण महत (पार्टी प्रवक्ता), सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु वाँस्तोला र जीवन रानाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.