कांग्रेस प्रदेश समितिले २१ चैतपछि निर्वाचन परिचालन समिति गठन थाल्ने

डिसी नेपाल
१८ चैत २०७८ ९:०२
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन्। पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन्।

प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए ।
उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पाँच दलीय संयन्त्र बनाइनेछ।

सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि २१ चैतपछि प्रदेश समिति बैठक बस्ने बताए । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठनसँगै पाँच दलीय संयन्त्र गठनबारे पनि छलफल गर्नेछ।

लुम्बिनी प्रदेशमा भने समिति गठनमा ढिलाइ हुने सभापति अमर पुनले बताए। मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पनि छिट्टै समिति गठन गर्ने भएका छन् ।

समितिले कांग्रेस सम्मिलित पाँच दलीय गठबन्धनलाई विजयी बनाउन निर्वाचनसम्बन्धी गतिविधि गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.