ओलीसँगकाे भेटपछि धवलशमशेरले भने- अब पाँच दललाई चुनौती त दिनुपर्‍यो

डिसी नेपाल
१८ चैत २०७८ ९:५६
2.9k
Shares

नेपालगन्ज। सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ। स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो।

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ। भेटवार्तापछि डा. राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए।

‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ। पाँच दललाई चुनौती त दिनुपर्‍यो। त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले न्युज कारखानासँग भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ।’

भेटवार्ता सकारात्मक भएको पनि उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.