प्रधानमन्त्री घोडे जात्रामा सहभागी नहुने

डिसी नेपाल
१८ चैत २०७८ ११:०७
104
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन्। अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो। तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन्।

‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन। अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने।

सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ। तर, प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २ः४५ बजे अवतरण गर्ने समय तालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.