एमबीबीएसको प्रवेश परीक्षा स्थलबाट चार नक्कली परीक्षार्थी पक्राउ

डिसी नेपाल
१८ चैत २०७८ १७:३८
60
Shares

काठमाडौं । चिकित्साशास्त्र अध्ययनका लागि लिइने प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार विहान भएको चिकित्साशास्त्र अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका चार जना विद्यार्थी पक्राउ परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको बानेश्वरबाट एक जना, बालकुमारीबाट २ जना र भक्तपुरबाट १ जना गरी चार जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।

साथै आफ्नो नाममा परीक्षा दिन लगाउने एक जना विद्यार्थीपनि पक्राउ परेका छन् । महाशाखाका प्रमुख एसएसपी वसन्त कुवँरले नक्कली विद्यार्थी पक्राउ परेको पुष्टि गरेका छन् ।

उनीहरुलाई अहिले महाशाखामा राखेर अनुसन्धान शुरु गरिएको छ । ‘चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षा पास गराउन ठूलो समूह लागेको र प्रश्नपत्र आउट गर्ने गिरोह हुनसक्ने प्रहरीको आशंका रहेको छ हामी अनुसन्धान गर्दैछौँ’, एसएसपी कुँवरले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.