‘नेतृत्वले मिलाउन नसक्दा कम्युनिष्ट पार्टी तीन टुक्रा भयो’
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने व्यक्तिले पार्टी मिलाउन नसक्दा नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भएको बताएका छन् ।
मोरङ व्यापार सङ्घको आयोजनामा आजदेखि स्वदेशी उत्पादन प्रवद्र्धन गर्न विराटनगर–२ मा शुरु भएको ‘मोरङ व्यापार सङ्घ टे«ड एक्स्पो’ उनले भने, “जनताले दुई तिहाई नजिक पुर्याएको नेकपा नेतृत्व गर्ने व्यक्तिले मिलाउन नसक्दा तीन टुक्रा भयो, यो कसका कारणले भयो त्यो कुरा जनताले बुझेका छन् । अब वैशाख ३० गतेको निर्वाचनमा नागरिकले देखाउने छन्, पार्टी फुटाउनेका हैसियत ।”
पार्टीको नेतृत्व गर्ने नेताले पार्टी मिलाउन नसकेका कारण ७० प्रतिसत जितेको कम्युनिष्ट पार्टी अहिले एमाले, नेकपा (माओवादी केन्द्र) तथा अर्को नेकपा (एकीकृत समाजवादी) भएको मन्त्री आलेले बताए । रासस







डिसी नेपाल







Facebook Comment