युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव छरिएको अवस्थामा फेल

डिसी नेपाल
२० चैत २०७८ ८:२७
192
Shares

किभ। युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन्।

सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो। फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ। तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको थियो।

शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए। मृत्युको कारण प्रस्ट हुन सकेको छैन। यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो।

राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएभएछि रुसी फौज किभनजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ।
तर युद्धका कारण सहर ध्वस्त बनेको छ। अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *