भारतमा हिन्दू र मुस्लिमबीच साम्प्रदायिक दंगा भड्किएपछि कर्फ्यु आदेश जारी
काठमाडौं। भारतको राजस्थानमा हिन्दू र मुस्लिम समुदायबीच साम्प्रदायिक दंगा भड्किएपछि कर्फ्यु आदेश जारी गरिएको छ । अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले राजस्थानमा साम्प्रदायिक तनावका कारण लगाइएको कर्फ्र्युको समाचार प्रकाशित गर्दै राजस्थानको करौलीमा हिन्दू नयाँ वर्षको अवसरमा मुस्लिम बाहुल्य इलाकाबाट गुज्रिरहेको मोटरसाइकल ¥यालीमा ढुंगा प्रहार गरेको लेखेको छ । यसका कारण साम्प्रदायिक तनाव उत्पन्न भएपछि कर्फ्यू लगाइएको थियो ।
प्रहरीका अनुसार शनिबार साँझ करौली सहरमा भएको झडपमा पसल र सवारी साधनमा आगजनी भएको थियो भने कम्तीमा २० जना घाइते भएका थिए । यो समाचारलाई पत्रिकाले पहिलो पृष्ठमा प्रमुखताका साथ छापेको छ । अखबारले लेखेको छ कि एडीजी (कानून र व्यवस्था) हवा सिंह घुमरियाले भने, ‘हिन्दू नयाँ वर्षको अवसरमा शनिबार साँझ हिन्दू संगठनहरूले बाइकमा ¥याली निकाल्दै थिए, ती व्यक्तिहरू मस्जिद नजिक पुग्दा केही अराजक तत्वहरूले उनीहरुमाथि ढुंगामुढा गरे । यसको जवाफमा अर्को पक्षले पनि ढुंगामुढा र आगजनी समेत गरेका छन् । यस क्षेत्रमा केही दुईपांग्रे सवारीसाधन र पसलमा आगजनी भएको छ । स्थिति नियन्त्रणमा रहेको छ र यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
झडपमा दुवै पक्षका सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । एडीजी घुमरियाले भने, ‘हिंसामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा अधिकांश सामान्य घाइते छन्। एक जनाको टाउकोमा चोट लागेको छ, जसलाई गम्भीर अवस्थामा जयपुरको अस्पतालमा रिफर गरिएको छ। दुई दर्जन व्यक्तिलाई पक्राउ गरिएको छ र क्षेत्रमा कर्फ्यू लगाइएको छ।
मुख्यमन्त्री अशोक गहलोतले डीजीपीसँग कुरा गरेर सबै दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएका छन्। साथै उनले जनतालाई शान्ति कायम गर्न अपिल समेत गरेका छन् । यस घटनालाई लिएर विपक्षी दल भाजपाले सरकारको आलोचना गरेको छ ।
भाजपा नेता तथा राज्यका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाले ट्वीट गरेकी छन्, ‘करौलीमा नवसंवत्सरमा निकालिएको उत्साह ¥यालीमा विरोधी मानसिकताका मानिसहरूले गरेको आक्रमणको म कडा शब्दमा निन्दा गर्दछु। शान्तिप्रेमी राजस्थानमा घृणित मानसिकता फस्टाउन दिइनु हुँदैन। दोषीलाई प्रशासनले कडा कारबाही गर्नुपर्छ।’
‘उत्साह ¥याली अगाडि नै प्रशासनले सतर्कता अपनाएको भए यो आक्रमणको घटना रोक्न सकिन्थ्यो। प्रशासनको उदासीनताका कारण सद्भावको वातावरण पनि बिग्रियो। राज्य सरकारले तत्काल कारबाही गर्नुपर्छ।’







डिसी नेपाल







Facebook Comment