अजरबैजानको राजधानी बाकुमा नाइट क्लवमा शक्तिशाली विष्फोट, ठूलो हताहतीको आशंका

डिसी नेपाल
२० चैत २०७८ १०:५०
24
Shares

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा रहेको एक नाइट क्लबमा शक्तिशाली विष्फोट भएको छ । यस दुर्घटनामा धेरै मानिस घाइते भएको बताइएको छ । यद्यपी मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

दुर्घटनाका धेरै भिडियोहरू स्थानीय मिडियाको भेरिफाइड ट्विटर ह्यान्डलबाट सामाजिक सञ्जालमा शेयर भइरहेका छन्। यसमा, आपतकालीन सेवाका कर्मचारीहरूले नाइटक्लबहरूबाट मानिसहरूलाई बाहिर निकालेको देख्न सकिन्छ। सडकमा जताततै भग्नावशेष देखिन्छन् ।

सरकारी स्वामित्वको ग्यास कम्पनी अजेरी ग्यासका प्रवक्ताले प्रोपेन ग्यास सिलिन्डर विस्फोटका कारण विस्फोट भएको हुनसक्ने बताए । टीआरटी वर्ल्ड न्यूजका अनुसार विस्फोटमा कम्तीमा २० जना घाइते भएका छन्। तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *