रूसले हामीलाई कठिन समयमा साथ दिएको छ, हामी रूसको साथमा छौं – बंगलादेशकी प्रधानमन्त्री

डिसी नेपाल
२० चैत २०७८ १०:५९
2.0k
Shares

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले रुसविरुद्धको राष्ट्रसंघीय प्रस्तावमा मतदान नगरेकोमा संसदमा स्पष्टीकरण दिएकी छन् । उनले भनिन् ‘बंगलादेशले यो प्रस्तावमा मतदान गरेन किनभने यो केवल एक देशको विरुद्ध थियो।’

प्रधानमन्त्री शेख हसिनाले यस अवधिमा बंगलादेश र रुसबीचको मैत्रीपूर्ण सम्बन्धबारे पनि उल्लेख गरिन् । उनले भनिन्, ‘सन् १९७१ को स्वतन्त्रता संग्राममा अमेरिकाको सातौं फ्लीट बंगालको खाडीतर्फ पठाइएको बेला रुस हाम्रो साथमा थियो । शेख हसिनाले भनिन्, “हाम्रो खराब समयमा रुस हाम्रो साथमा उभिएको थियो र हामी पनि रुस साथमा छौं। तर, यदि उसले अन्याय गर्छ भने हामी स्वीकार गर्दैनौं।”

शेख हसिनाले संसदमा भनिन्, ‘जब संयुक्त राष्ट्र संघमा पहिलो प्रस्ताव पेश भयो, बंगलादेशले न मानवअधिकारको मुद्दा उठाएको देख्यो, न युद्ध रोक्ने पहल वा अन्य कुनै प्रमुख मुद्दाको उल्लेख गरिएको थियो। केवल एक देश – रूस विरुद्ध मतदान गर्न भनिएको थियो । यो देखेर मैले भोट नदिने निर्णय गरें ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *