रुसले किभलाई मुर्दाघर बनाएर छाड्यो, सडकभरी छरपस्ट सयौं लाशहरु (तस्वीरहरु)
काठमाडौं। युक्रेनमा रुसले गरेको आक्रमणको ३९ औं दिन बित्दा रुस युक्रेनको राजधानी किभबाट पछि हटेको छ । मिडिया रिपोर्टका अनुसार अब किभ फेरि युक्रेनको नियन्त्रणमा आएको छ । किभबाट रुसी सेनालाई हटाएर युक्रेनी सेना सहरमा प्रवेश गर्दा त्यहाँको अवस्था निकै त्रासदीपूर्ण थियो । किभ सहरको सडकमा बेवारिसे अवस्थामा लडेका शवहरूले त्यहाँ भएका हत्याका विभत्स दृश्यहरु बताउँदै थिए।
समाचार एजेन्सीका अनुसार कीभ शहरको एउटा मात्र सडकमा २० जनाको शव फेला परेको छ । समाचार एजेन्सी एएफपीले बुचा सहरका मेयरलाई उद्धृत गर्दै बताएअनुसार यहाँ एउटा सामूहिक चिहान भेटिएको थियो जहाँबाट २८० जनाको शव भेटिएको थियो। कीभ, बुकाबाट आएका तस्वीरहरूले मानवतालाई स्तब्ध पार्नेछन्।
युक्रेनी सेना बिस्तारै सावधानीपूर्वक कीभ शहरमा प्रवेश गर्दैछ। एक समय हाँसी खेली रहेको किभ सहर भग्नावशेषमा परिणत भएको जस्तो देखिन्छ। सहरका सडकमा शवहरु छन् । युक्रेनी सेना पनि यी शव हटाउन डराइरहेको छ। एजेन्सीको रिपोर्टका अनुसार यी शवहरूमा विस्फोटक पदार्थ राखिएको खतरा छ। त्यसैले ती शव हटाउन सेनाले तार प्रयोग गरिरहेको छ ।
घोप्टो परेर लडेका शव, साइकलसँग लडिरहेका मानिसका शवहरु, भत्किएका भवन, सडकमा छरिएका भग्नावशेष देख्दा किभ सहर एक महिनाअघि मात्रै २१ औं शताब्दीको झिलिमिलीसहर थियो भन्ने लाग्दैन ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गएरातीको भिडियो सम्बोधनमा चेतावनी दिएका थिए कि कीभबाट फर्कने क्रममा रुसी सैनिकहरूले घर, हतियार र मारिएकाहरूको शव वरिपरि बमको पासो थापेको हुनसक्छ, ताकि एक पटक फेरि विनाश गर्न सकियोस्।
कीभबाट जारी गरिएका तस्विरहरूमा सडकमा मृत शवहरू देखिन्छन्। तस्बीरमा उनीहरुको हालै हत्या भएको देखिन्छ । युक्रेनको सेनालाई अब यी शव हटाउने चुनौती छ।
कीभ सहरको बाहिरी भागमा रहेको बुचामा अवस्था झनै खराब छ। युक्रेनी सेनाले बुचा सहरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । रुसी सेनाबाट उक्त क्षेत्र फिर्ता लिएपछि युक्रेनी सेना होस्टोमेलको एन्टोनोभ विमानस्थलको प्रवेशद्वारमा तैनाथ गरिएको छ ।
बुचाका मेयर अनातोली फेडोरुकले एएफपी समाचार एजेन्सीलाई बुचामा एउटा सामूहिक चिहान फेला परेको र त्यहाँ २८० जनाको शव भेटिएको बताए। बुचालगायत अन्य क्षेत्रमा पनि सडक र गल्लीमा शवहरु लडिरहेका छन् ।
केही घण्टा अघिसम्म यो सहर रुसी सेनाको कब्जामा थियो । युक्रेनले रुसी सेनाले बुचामा बिना कारण मानिसको हत्या गरेको आरोप लगाएको छ । युक्रेनी सेनाले सुरक्षाका लागि सहरका धेरै ठाउँमा ब्यारिकेड लगाएका छन् । र, शंकास्पद वस्तुहरूको निरीक्षण गरिरहेका छन् ।
















डिसी नेपाल







Facebook Comment