भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा
काठमाडौं । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । आज अपरान्ह वराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्न पुगेका प्रधानमन्त्री देउवाको टोली नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेको हो ।
उनलाइ विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड लगायतका पदाधिकारीले स्वागत गरेका थिए
प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालसहितको नेपाली प्रतिनिधि मण्डल चैत १८ गते शुक्रबार औपचारिक भ्रमणका लागि भारत गएका थिए ।
भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।







डिसी नेपाल







Facebook Comment