उत्तर कोरियाले दक्षिण कोरियालाई परमाणु आक्रमण गर्ने धम्की दियो

डिसी नेपाल
२२ चैत २०७८ १३:०७
764
Shares

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियाले आफूमाथि आक्रमण गरेमा दक्षिण कोरियामाथि परमाणु हमला गर्ने चेतावनी दिएको छ ।

यो बयान उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङबाट आएको हो ।

केही दिनअघि दक्षिण कोरियाका रक्षामन्त्रीले आफ्नो सेना उत्तर कोरियाको कुनै पनि लक्ष्यमा आक्रमण गर्न सक्षम रहेको बताएका थिए ।

दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा रहेका बेला यो बयानबाजी गरिएको हो ।

करिब छ महिनाको मौनतापछि किम जोङ उनकी बहिनीले दक्षिण कोरियालाई यस्तो चेतावनी दिएको यो दोस्रो पटक हो ।

उनले भनिन् “दक्षिण कोरियाका रक्षा मन्त्रीले उत्तर कोरियामाथि आक्रमण गर्ने कुरा गरेर “ठूलो गल्ती” गरे। यदि दक्षिण कोरियाले यस्तो गर्यो भने उत्तर कोरियाले परमाणु हमलाले जवाफ दिनेछ ।

तर, किम यो–जोङले उत्तर कोरियाले युद्ध नचाहेकाले आफूले पहिले आक्रमण नगर्ने स्पष्ट पारेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *