श्रीलंकामा हिजो नियुक्त भएका मन्त्रीले पनि राजीनामा दिए

डिसी नेपाल
२२ चैत २०७८ १४:०४
220
Shares

काऔमाडौं । श्रीलंकामा एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएका छन् । हालै श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले राजीनामा दिएका थिए । त्यसपछि सोमबार नयाँ मन्त्रिपरिषद्ले शपथ ग्रहण गरेको थियो । अली साबरीलाई अर्थ मन्त्रालय दिइएको थियो । तर अहिले उनले राजीनामा दिएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेलाई लेखेको पत्रमा लेखिएको छ– अहिलेको अवस्थालाई ध्यानमा राखी यथोचित विचार गरेपछि यो अभूतपूर्व संकटसँग जुध्न अझ राम्रो व्यवस्था आवश्यक रहेको मेरो धारणा छ । र, यसमा नयाँ अर्थमन्त्रीको नियुक्ति पनि समावेश छ। यसै कारणले तत्काल प्रभावबाट राजीनामा दिएको उनले पत्रमा लेखेका छन् । यसअघिको सरकारमा अली साबरी न्यायमन्त्री थिए । तर, अप्रिल ३ मा उनले बाँकी मन्त्रीसहित राजीनामा दिए । त्यसपछि सोमबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो । पत्रमा उनले राष्ट्रपति राजापाक्षेले राम्रो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहेमा आफ्नो संसदीय सिट पनि त्याग्न तयार रहेको लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *