इमरान खानले ‘षड्यन्त्रकारी’ को आरोप लगाएपछि अमेरिकी अधिकारीको यस्तो जवाफ
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकी अधिकारी डोनाल्ड लुमाथि आफ्नो सरकार ढाल्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । लुले अब इमरान खानको आरोपको जवाफ दिएका छन् । मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु हाल भारत भ्रमणमा छन् जहाँ उनलाई पाकिस्तानमा सत्ता परिवर्तनसँग सम्बन्धित प्रश्न सोधिएको थियो । तर, लुले प्रश्नको स्पष्ट जवाफ दिएनन् ।
डोनाल्ड लुले हिन्दुस्तान टाइम्सलाई एक अन्तर्वार्ता दिएका छन् जसमा उनलाई अमेरिकाका लागि पाकिस्तानी राजदूतसँगको कुराकानीबारे प्रश्न गरिएको थियो। उनलाई सोधिएको थियो, ‘इमरान खानले अमेरिकाका लागि पाकिस्तानी राजदूतसँग कुराकानी भएको बताएका छन् । तपाईंले उनलाई भन्नुभयो कि यदि इमरान खानले अविश्वासको प्रस्ताव जिते भने, पाकिस्तान समस्यामा पर्नेछ र अमेरिकाले पाकिस्तानलाई कहिल्यै माफ गर्ने छैन। यसबारे केही भन्न चाहनुहुन्छ ?
डोनाल्ड लुले अस्पष्ट जवाफ दिँदै भने, ‘हामी पाकिस्तानको विकासका समर्थक हौं। हामी पाकिस्तानको संवैधानिक प्रक्रिया र कानूनको शासनको सम्मान र समर्थन गर्छौं। उनलाई फेरि सोधियो कि उनीसँग पाकिस्तानको सत्ताको बारेमा कुनै प्रकारको कुराकानी भएको छ? लुले सहज जवाफ दिए, ‘यस प्रश्नको बारेमा मैले जे भन्नु परेको छु, मैले भनेको छु।’
इमरान खानको आरोपको अमेरिकाले पनि जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा इमरान खानले लगाएका सबै आरोप झुटा र आधारहीन रहेको बताए । प्राइसले इमरान खानको आरोपमा कुनै सत्यता नभएको र अमेरिकाले एउटा राजनीतिक दलको विरोधमा अर्को राजनीतिक दललाई समर्थन गर्दैन।
प्राइसले भने, “हामीले गत हप्ता मात्रै भनेका थियौं कि हामी पाकिस्तानमा संवैधानिक र शान्तिपूर्ण लोकतान्त्रिक सिद्धान्तलाई समर्थन गर्छौं। हामीले एउटा राजनीतिक दलको विरोधमा अर्को राजनीतिक दललाई समर्थन गर्दैनौं।’
पाकिस्तानमा विपक्षीसँगै सेनाले पनि इमरान खानको आरोपमा प्रश्न उठाएको छ । पाकिस्तानको अखबार एक्सप्रेस ट्रिब्यूनको रिपोर्ट अनुसार सेनाले इमरान खानको षड्यन्त्रको आरोपमा विश्वास गर्दैन। मार्च २७ मा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो जसमा सेनाले इमरान खान सरकारलाई ध्वस्त पार्ने षड्यन्त्रमा अमेरिका संलग्न रहेको प्रमाणित गर्ने कुनै प्रमाण नभएको बताएको थियो।







डिसी नेपाल







Facebook Comment